आफ्नै नेता कार्यकर्तालाई ओलीको चेतावनीः नेताहरुबिरुद्ध लेखिएका तथानाम स्ट्याटस कारबाहीको विषय बन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आफ्नै नेता कार्यकर्तालाई ओलीको चेतावनीः नेताहरुबिरुद्ध लेखिएका तथानाम स्ट्याटस कारबाहीको विषय बन्छ

काठमाडौं,१४ चैत्र । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू भन्दा माथिका नेताहरुलाई अपमान गर्नेगरी स्ट्याटस नलेख्न निर्देशन दिनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले पार्टीका नेता/कार्यकर्ताहरुले आफू भन्दा माथिका नेताहरुलाई लक्षित गरी तथानाम स्ट्याटस लेखेको भन्दै गलत स्ट्याटसहरु कारबाहीको दायरामा आउने चेतावनी दिनुभयो । उहाँले जथाभावी रुपमा पार्टीका आन्तरिक कुराहरु र नेताहरुलाई विपक्ष बनाएर स्ट्याटस नेलख्न सचेत गराउनु भयो । उहाँले कुनै विमति भए पार्टी भित्रका कमिटीमा छलफल गर्न सकिने बताउनु भयो । उहाँले आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिनसक्ने गरी मात्रै स्ट्याट्स लेख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले कतिपय साथीहरुका स्ट्याटसहरु हेरेको छु । नेताहरुको स्ट्याटसहरु हेरेको छु । आफू भन्दा माथिका नेताहरुलाई तथानाम बोलेर । सट्याटस कारबाहीको विषय बन्नेछ । म सचेत पनि गराउन चाहन्छु । यदी बेलगाम भयो मान्छे, छाडा भयो भने थाहा छैन जथाभावी लेख्नुहुँदैन भन्ने । यहाँ कमिटीमा छलफल गर्नुस् । बाहिर किन स्ट्याटस लेख्नुहुन्छ ? त्यस्तो काम नगर्नुस् । पार्टी भित्रका आन्तरिक कुराहरुमा कसैलाई पक्ष, विपक्ष गरेर स्ट्याटस नलेख्नुस् । मैले स्ट्याटस लेख्दा सावधानीसाथ लेखिन भने के हुन्छ । मैले यसका अर्थ त दिनुपर्छ । आफ्नो स्ट्याटसको जवाफ मैले दिनुपर्दैन ? म अध्यक्ष हुँ ठोकिदिएँ भनेर हुन्छ, त्यो हुँदैन, म पनि जिम्मेवार भएर लेख्नुपर्छ । मैले भनेका कुरा मैले जिम्मेवारी लिनुपर्छ, स्ट्याटस त्यसरी नलेख्नुस्, भनेर नहिँड्नुस् । आफ्नो तौर तरिकालाई सच्याउनुस् । त्यसले आफूलाई सक्षम बनाउँछ । योग्य बनाउँछ ।’

अध्यक्ष ओलीले आफ्ना अभिव्यक्तिहरु जवाफ दिनसक्ने गरी मात्रै व्यक्त गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);