सभामुख हुँदा मलाई एमालेबाट बारम्बार सांघातिक हमला भयोः अग्नि सापकोटा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सभामुख हुँदा मलाई एमालेबाट बारम्बार सांघातिक हमला भयोः अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०७८ भाद्र २ गते तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौति दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको आरोप लगाउनु भयो । उहाँले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अलग भइ अर्को पार्टी खोल्नुभएका माधव नेपालसहितका नेताहरुलाई कारबाहीको सूचना टाँस नगरेपछि आफूमाथि विपक्षी दल एमालेद्वारा विभिन्न स्थानमा सांघातिक हमला गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई जब त्यतिबेलाको विपक्षी दलको नेता केपी ओलीले ०७८ भाद्र २ गते हेरौँ सभामुखले कसरी सदन चलाउँदो रहेछ भनेर च्यालेन्ज गरिसकेपछि मैले त्यो च्यालेन्जलाई स्वीकार गरेँ । त्यसलाई मैले गम्भीरतापूर्वक लिएँ । मैले १४ जना माधव कमरेडहरुको सूचना टाँस गरिनँ, त्यसपछि लगातार मेरो बिरुद्ध आक्रमण गरे । सदनमा मात्रै होइन, सांघातिक हमला गर्ने दुष्प्रयास गरे । बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे ।’

उपाध्यक्ष सापकोटाले सबै राजनीतिक दलहरु एकतावद्ध भएर काम गर्ने हो भने कसैले पनि परास्त गर्न नसक्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);