पुरानाले उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेः डा. बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

पुरानाले उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेः डा. बाबुराम भट्टराई

baburam bhattarai

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समायानुकलु जनताका एजेण्डाहरु बोकेर क्रान्तिकारीहरु एक ठाउँमा उभिनुपर्ने बेला भएको बताउनुभएको छ ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लामो संघर्ष गरेर लोकतन्त्र प्राप्त गरेपनि पूर्ण रुपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानुकुल वर्तमान एजेण्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताउनु भयो ।

उहाँले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताउनु भयो । उहाँले विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिष्टहरुबाट अलग्गिनसक्ने खतरा रहेको उल्लेख गर्नुभयो । उहाँले जनताले नयाँ विकल्प खोजेपनि ठम्याउन नसकेको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले वैज्ञानिक भूमि सुधार गरेर किसानहरुमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम गर्नुपर्नेमा सो हुन नसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);