समृद्ध नेपालको अभियान रोकिन्न : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

समृद्ध नेपालको अभियान रोकिन्न : प्रधानमन्त्री

pm oli-mahila adhikar

काठमाडाै, जेठ १९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रो कामको जति विरोध गरे पनि समृद्ध नेपालको अभियान नरोकिने बताउनुभएको छ । हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा स्थापित रवीन्द्र अधिकारी स्मृति प्रतिस्ठानको पोखरामा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले प्रमुख कार्यभारको रूपमा ल्याएको ‘ समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारालाई सफल पु¥याउन सरकारको गति थप अगाडि बढाइने बताउनुभएको हो ।

मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूमध्ये पारदर्शी तरिकाले कुनै लोभ लालचा नराखी काम गर्ने रवीन्द्र अधिकारीलाई गुमाए पनि उहाँले लिएको अभिभारा पूरा गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो । नेपालको पर्यटन क्षेत्र, नेपालको सांस्कृतिक क्षेत्रको विकासका लागि ठोस काम भएको भन्दै प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत भैरहवा र सिमरामा बन्दै गरेका विमानस्थलसँगै अन्य विमानस्थलको सुधारका लागि अधिकारीले ठूलो मेहनत गरेको बताउनुभयो ।

वाइडबडी विमान खरिद प्रकणमा भएको अनियमिततामा वर्तमान सरकारको दोष नभएको भन्दै सरकार बन्नु भन्दा पहिला भएका अनुचित कार्यलाई वर्तमान सरकारसँग जोडेर सरकारलाई असफल बनाउन ठूलो शक्ति लागेको प्रधानमन्त्रीले बताउनुभयो । आफूले वाइडबडी खरिद प्रकणमा रवीन्द्र अधिकारी दोषी छैनन् भनेर बोल्दा धेरैले न्यायाधीश बनेको भनेर आलोचना गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूले सत्य बोलेकाले अहिले पनि त्यो बोल्ने बताउनुभयो ।

अधिकांश समय रवीन्द्र अधिकारीले गरेका कामको प्रशंसामा व्यतित गर्नुभएका प्रधानमन्त्री ओलीले कहिल्यै निरास नहुने अधिकारीले मन्त्री भएर काम गरेको छोटो अवधिमा आफूलाई समेत समृद्ध नेपाल निर्माण गर्न सकिने आधारका बारेमा धेरै ज्ञान दिएको बताउनुभयो । नेपालमा थुप्रै प्रतिष्ठान स्थापना हुने गरेको भन्दै रवीन्द्र अधिकारीको नाममा स्थापना भएको प्रतिस्ठान विवादरहित प्रतिष्ठानको रुपमा रहनुपर्नेमा जोड दिनुभयो ।

मदन भण्डारीको विचारकै कारण अहिले नेपाल समृद्धिको अभियानमा लागेको भन्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीले स्थापित गरेको जनताको बहुदलीय जनवादकै कारण मुलुक यो स्थितिमा आइपुगेको बताउनुभयो । नेपालमा कम्युनिस्ट आन्दोलनमा संस्थापक पुष्पलाल र वैचारिक रूपमा मदन भण्डारीको अतुलनीय योगदान रहेको भन्दै उहाँहरू जस्तै राजनीतिक, सांगठनिक तथा वैचारिक रुपमा खारिएका अधिकारीले थालेका सबै कामलाई वर्तमान सरकारले पूरा गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । याे समाचार गाेरखापत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);