नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीचको खेल गोलरहित बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीचको खेल गोलरहित बराबरीमा

काठमाडौं, १ पुस । ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा बिचको खेल गोलरहित बराबरीमा, एनआरटीले सरस्वती युवा क्लबलाई ४–० गोल अन्तरबाट हरायो ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा बिचको खेल बराबरीमा रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पुलिस क्लब र हिमालयन शेर्पाले गोलरहित बराबरीमा रोकिएका हुन् । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

उक्त खेलमा शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच भए । यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार न्युरोड टिम एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । यस्तै जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);