पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै हजारौंको जुलुस राजधानी इस्लामाबाद पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै हजारौंको जुलुस राजधानी इस्लामाबाद पुग्यो

२०८१,०८,११
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै ‘पाकिस्तान–तहरीक–ए–इन्साफ पीटीआई पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद पुगेको छ । पीटीआईका कार्यकर्ताहरू प्रमुख सरकारी भवनहरू नजिक रहेको डी चोक वा डेमोक्रेसी स्क्वायरमा पुग्दा उनीहरूलाई सशस्त्र बलहरूले अश्रुग्यास प्रहार गरेका बीबीसीले जनाएको छ

सरकारले नै सडक बन्द गर्दै विभिन्न अवरोध सिर्जना गरे पनि हजारौं मानिस इस्लामाबाद प्रवेश गरेका हुन् । इस्लामाबादका डेपुटी कमिस्नर इरफान नवाज मेमनले प्रदर्शनकारीहरूलाई प्रहरी र अर्धसैनिक बलहरूले नरोकेको र अवस्था अहिले शान्तिपूर्ण रहेको बताएका खबरमा उल्लेख छ ।पूर्वप्रधानमन्त्री इमरान खानको आह्वानमा आइतवारदेखि शुरू भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।

अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछाड्ने प्रदर्शनकारीहरूले बताएका छन् ।सरकारले गएको शनिवार रातिदेखि राजधानी प्रवेश गर्ने सबै नाका बन्द गरेको छ । मोबाइल इन्टरनेट छिटपुट रूपमा काटिएको छ ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका इमरान खानलाई गएको वर्षदेखि भ्रष्टाचार र दङ्गा भड्काउने लगायतका कानूनी आरोपहरू लगाएर जेलमा थुनिएको छ । यस वर्षको चुनावमा पीटीआईले सबैभन्दा धेरै सिट जिते पनि सैन्य प्रभावमा बढी लचिलो मानिने दलहरूको गठबन्धनले उसलाई सत्ताबाट बाहिर राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);