फिनल्यान्डकी सान्ना मरिन बनिन् विश्वकै कम उमेरकी प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

फिनल्यान्डकी सान्ना मरिन बनिन् विश्वकै कम उमेरकी प्रधानमन्त्री

sanna marin

एजेन्सी, २३ मंसिर । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन् ।

फिनल्याण्डका प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको हो । उनले यही साता पदभार ग्रहण गर्ने संचार माध्यमहरुले जनाएका छन् ।

मरिनको नेतृत्वमा बन्ने गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन् । नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने छन् । हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रिन्नेले संसदमा विश्वासको मत गुमाएपछि राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछिन् । अहिले बहालवाला युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ तथा न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको ३९ वर्षका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);