विश्वकै लोकप्रिय नेतामा मोदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

विश्वकै लोकप्रिय नेतामा मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् । 

विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० प्रतिशतले मन पराएका छन् । सर्वेक्षणमा मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्रदर लोकप्रिय देखिएका छन् । उनको एप्रोभल रेटिङ ६६ प्रतिशत छ । 

एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् भने  अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनलाई ४४ प्रतिशतले समर्थन जनाएका छन् । सर्वेक्षणअनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ४३ प्रतिशत र जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ४२ प्रतिशले समर्थन जनाएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);