न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोट हुँदा १ को मृत्यु, दर्जनौं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोट हुँदा १ को मृत्यु, दर्जनौं घाइते

new zealand volcano

एजेन्सी, २३ मंसिर । न्यूजिल्याण्डको उत्तरपूर्वी स्थित ह्वाईट आईल्याण्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको छ । विस्फोटबाट १ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको र केहि सम्पर्कविहीन भएको संचार माध्यमहरुले जनाएका छन् ।

ज्वालमुखी विस्फोटबाट एउटा पर्यटक बोकेको डुंगा पनि प्रभावित भएको जनाइएको छ । प्रभावितक्षेत्रमा उद्धारका लागि सुरक्षकर्मी परिचालन गरिएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले उक्त घटनाप्रति दुख व्यक्त गर्दै उद्धारमा पूर्ण ध्यान दिइने प्रतिबद्धता जनाएकी छिन् ।

सक्रिय ज्वालामुखी रहेको ह्वाईट आईल्याण्ड पर्यटकीय स्थल भएकाले पर्यटकहरु परेको जनाइएको छ । विस्फोटको समयमा झन्डै ५० जना रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);