सुरक्षाकर्मी पनि भारतीय नम्बरका गाडीमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

काठमाडौँ, २७ भदौ । प्रदेश नम्बर २ मा स्थानीय तहको चुनावी प्रचारप्रसार र सुरक्षामा भारतीय नम्बरका गाडीको व्यापक प्रयोग भइरहेको देखिएको छ। नेपाली नम्बरका गाडीभन्दा धेरै सस्तो दरमा भाडामा पाइने भारतीय नम्बरका गाडी उम्मेदवार र सुरक्षाकर्मी दुवैले प्रयोग गरिरहेका छन्।

भन्सार तिरेर मात्रै भारतीय नम्बरको गाडी प्रयोग गर्न पाउने नियम रहेपनि नेता र सुरक्षाकर्मीले नियमानुसार राजस्व तिरेको देखिंदैन।चुनावमा प्रयोग भइरहेका गाडीको सुरक्षा जाँच पनि खासै नहुने भएकाले प्रयोगकर्ताले भन्सार कर नतिर्ने अवस्था देखिएको हो।

भाडामा गाडी उपलब्ध गराउँदै आएका राजेन्द्रकुमार भारतको सीमावर्ती शहरबाट गाडीहरु मगाइने गरेको बताउँछन्। दिनहुँ छुटपुर्जी पनि जारी भएका छन्, पार्टीका प्रचारप्रसारमा प्रयोग भइरहेका सबै गाडीले भन्सार तिरे वा नतिरहेको हामीले सोध्ने नगरेको जनकपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताएका छन्।

भारतीय नम्बरको गाडी एक रात नेपालमा रहँदा ४५२ रुपैयाँ भन्सार तिर्नुपर्ने हुन्छ। तर अधिकांश गाडीलाई भन्सार कार्यालयले नै दैनिक छुटपुर्जी उपलब्ध गराउँदै आएको बीबीसीले जनाएको छ।

 

ताजा समाचार