सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

khukhura taskari

सिरहा,२९ माघ । ‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।

पछिल्लो समय सिरहाको विभिन्न नाकाबाट तस्करले नेपालमा प्रतिबन्धित भारतीय कुखुरा भारी मात्रामा भित्र्याइरहेका छन् । चोरीपैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले नै यो कार्यमा तस्करलाई सघाइरहेका छन् । सादा पोशाकका सुरक्षाकर्मीले सामान सुरक्षित स्थान व्यपारीका गोदाम सम्म ल्याउन स्कर्टिङ गरिदिनेसमेत स्थानीय बताउँछन् ।

सुरक्षाकर्मीको मिलोमतोमा सिरहामा फस्टाएको प्रतिबन्धित भारतीय कुखुराको तस्करी धन्दा शुक्रबार सीमानाका लगडीगोठमा छताछुल्ल भएको छ । भन्सारका कर्मचारीले ईलाका प्रहरी कार्यालय लगडीगोठ नजिकै रहेको आँप बगैंचाबाट ठूलो परिमाणमा भारतीय तयारी कुखुरा नेपाली नम्बर प्लेटको पिकअप गाडीमा अनलोड गर्दैगर्दा बरामद गरेको हो । सिकाज्योती नाकाक्षेत्रबाट भित्रिएको उक्त प्रतिबन्धित भारतीय कुखुरा लगडीगोठको आँप बगैंचामा नेपाली नम्बर प्लेटको गाडीमा अनलोड गरी भारतीय गाडी फर्किने गरेको सूचनाका आधारमा भन्सारको गस्ती टोली त्यहाँ पुगेको थियो । भारतीय गाडी फर्कनुअघि नै भन्सार टोलीले सुरक्षाकर्मी र प्रतिबन्धित कुखुरा तस्करीको सेटिङ ब्रेक गरिदियो ।

भन्सारको गस्ती टोली देखेपछि गाडी चालकसहित तस्करमा संलग्न सबै भागेको जिल्ला भन्सार कार्यालय माड्रका नायव सुब्बा नवीन ठाकुरले बताए । ‘हामी जम्मा ६ जना थियौं ठाकुरले नागरिकसँग भने, ‘थप टोली आउन्जेलसम्म गाडी चालकसहित तस्करहरु फरार भए ।’ मध्यरात भएकोले तस्करीमा संलग्न समूह भाग्न सफल भएको उनले बताए ।

भारतीय नम्बर प्लेटको पिकअप जीपबाट कुखुरा अनलोड गरी राखिएको पाँचवटा नेपाली नम्बर प्लेटको पिक अप जिप नियन्त्रणमा लिएको जिल्ला भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार को २ च ७८५, ना ३ च ९९७९, ना ३ च १२७९, को २ च ७३४, लु २ च १८४५, बिआर ३१ जीए ७२६९, बिआर ११ जीवी २२७४, बिआर ०६ बी १२६१, बिआर ०६ जीबी ५३९८, बिआर ११ एस ६१४६ नम्बरका गाडी नियन्त्रणमा लिइएको छ । पाँच भारतीय गाडीसमेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको ठाकुरले बताए । नियन्त्रणमा लिइएका करिब चार हजार प्रतिबन्धित कुखुरा खाल्डो खनेर नष्ट गरिएको उनले बताए।

पक्राउ परेका सवारीसाधनमाथि चोरी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत मुद्दा गर्न अनुसन्धान अगाडि बढाइएको ठाकुरले बताए । ‘पक्राउ परेका गाडीको नम्बरमार्फत सवारी धनी खुलाएर पठाइदिन यातायात व्यवस्था कार्यालय लहानमा पत्राचार गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘यसबाट कुखुरा तस्करसम्म पुग्न सहज हुन्छ ।’

प्रतिबन्धित भारतीय कुखुरा सिरहामा भण्डारण गरी मिर्चैया र गोलबजारमा सप्लाई गर्ने गरिएको स्रोतले बताएको छ । बरियारपट्टी, नरगी, सिकाज्योती, कल्याणपुर र सप्तरीको बेल्ही नाकाक्षेत्रबाट पछिल्लो समय प्रतिबन्धित भरतीय कुखुराको तस्करी बढेको छ । यी सबै नाकाक्षेत्रमा सशस्त्र र प्रहरीको उपस्थिति रहेको छ । पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा ९सादा पोशाकका प्रहरीले देखाएको बाटोबाट कुखुरा तस्करी गर्ने क्रम बढेको छ । नागरिक दैनिकमा खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);