६७ हजार अवैध भारतीय रुपैयाँसहित दुई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाण्डौँ, १८ भदौ । प्रहरीले हजार र पाँच सय दरका प्रतिबन्धित ६७ हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

 

शनिबार काठमाडौंको स्वयम्भूमा अबैध भारतीय रुपैयाँ बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारी ६७ हजार प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ परेका हुन ।

 

आईतबार विहान महानगरी प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी सर्वसाधारणलाई ठगी गर्दै हिँडेको सूचनाको आधारमा प्रतिबन्धित भारतीय नोटसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी गराएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्रबहादुर धानुकले जानकारी दिए ।

 

केही दिन अघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी पाएका प्रहरी वरिष्ठ उपरीक्षक धानुकले काठमाडौंमा गुण्डागर्दी र भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिने दृढता पनि गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);