धर्म गर्न आउने भारतीय नागरिकले पशुपतिनाथमा चढाउँछन् प्रतिबन्धित नोट | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, २ भदौ । भारतीय तीर्थयात्रीले पशुपतिनाथको दर्शन गर्न आउँदा भारतमा प्रतिबन्धित भारतीय एक हजार र पाँच सयका नोट पशुपतिनाथलाई चढाउने गरेका छन्।धर्म कर्म गर्न आएका भारतीय नागरिकले कागजको खोस्टो मात्र ठहरिएका त्यस्ता प्रतिबन्धित नोट पशुपतिमा चढाउने क्रम बढ्दो छ ।

 

यसरी ठूलो परिमाणमा प्रतिबन्धित भारतीय रुपियाँ सङ्कलन हुन थालेपछि पशुपति क्षेत्र विकास कोषलाई निकै समस्या परेको छ । पशुपतिनाथका सेवक (बिशेट) अरुण श्रेष्ठका अनुसार करिब सात लाख बेचल्तीका भारतीय रुपियाँ भेटीका रूपमा पशुपतिनाथमा छन् ।

उनका अनुसार भारत सरकारद्वारा वैधानिकता समाप्त गरिएका यी नोटको कोषले खातामा आम्दानी बाँध्ने गरेको छैन । उनले आम्दानीलाई नबाँधिए पनि नोटलाई सेफमा सुरक्षित राख्ने गरिएको छ।

यी भेटीलाई के कसो गर्ने हो भन्ने विषयमा कोष रनभुल्लमा छ । यस्ता नोट आउने क्रम पनि छँदैछ । अलिअलि गर्दै यी नोट जम्मा भएको श्रेष्ठले बताए । “पशुपतिनाथ, वासुकी, हनुमानजी, नवग्रहलगायत परिसरका मन्दिरमा भेटी दानपात्रमा खसाल्नुपर्ने व्यवस्था छ । आजको गोरखापत्र दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);