रौतहटवासीको व्यथा : किरियापुत्रीलाई चिउरा, बाढीपीडितको बिजोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

 

रौतहट, २ भदौ । जिल्लाको देवाहीगुनाही गाउँपालिका–२ दोहोराटोलका १ सय ४० घरपरिवार पाँच दिनदेखि चिउराका भरमा गुजारा चलाइरहेका छन् । गत आइतबार गाउँमा पसेको बाढीले दोहोराटोलका १ सय ४० घर जलमग्न भएपछि स्थानीयले गाँस र बास त गुमाए नै कतिपयले बुढेसकालको सहारासमेत गुमाएका छन्।

पाँच दिनदेखि खुला आकाशमुनि रात बिताउँदै आएका स्थानीयले बुधबार केही थान त्रिपालबाहेक अरू केही पाएका छैनन् । बाढीले स्थानीय ८० वर्षीय जिम्दार रायले श्रीमती नै गुमाउन पुगे । किरिया बसेको राय परिवार चिउरा खाएर जुगारा चलाउँदै छ। आजको राजधानी दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);