विद्युतीय गाडीको आयात बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विद्युतीय गाडीको आयात बढ्दै

bidhutatiy gadi

काठमाडौं, ११ मंसिर । सरकारको विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने नीति, भन्सार महसुलमा छूट तथा बढ्दो चार्जिङ स्टेशनका कारण नेपालमा विद्युतीय गाडीको आयात चालू आर्थिक वर्ष (आव)मा बढेको छ ।

मुलुकमा हाल भएका कुल विद्युतीय गाडीको करीब २४ प्रतिशत गाडी चालू आवको पहिलो ४ महीनामा मात्रै आयात भएको छ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको पछिल्लो तथ्यांकअनुसार कात्तिक मसान्तसम्म कुल ७०१ विद्युतीय गाडी दर्ता भएका छन्, जसमध्ये १६४ ओटा गाडी यस आवको पहिलो ४ महीनामा थपिएका हुन् ।

यातायात कार्यालयको तथ्यांकअनुसार यस आवमा दक्षिण कोरियाली कम्पनी किया र ह्युन्डे तथा भारतीय कम्पनी महिन्द्राका विद्युतीय गाडी धेरै आयात भएका छन् । नेपाली बजारमा हाल महिन्द्राको ईटूओ, कियाको निरो तथा ह्युन्डेको कोना र आयोनिक मोडलका विद्युतीय गाडी विक्रीमा उपलब्ध छन् । त्यस्तै चिनियाँ कम्पनी बीवाईडीको ई थ्री, ई–सिक्स र ई नाइन र चीनकै दाहे कम्पनीका विद्युतीय गाडी विक्री हुने गरेका छन् ।

पेट्रोल/डिजेलबाट चल्ने गाडीको तुलनामा वातावरणमैत्री हुनुका साथै दीर्घकालमा सञ्चालन खर्चसमेत सस्तो हुने भएकाले नेपालमा पछिल्ला २ वर्षयता विद्युतीय गाडीप्रतिको आकर्षण बढेको छ । मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएको सन्दर्भमा सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

पेट्रोल/डिजेलबाट चल्ने गाडीको आयातमा २४० देखि ३०० प्रतिशतसम्म भन्सार महसुल रहेकोमा विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । त्यस्तै, अन्य गाडी किन्दा ५० प्रतिशत मात्रै बैंक कर्जा पाइने व्यवस्था रहेकोमा विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ ।  यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);