आईसीसीको टी–२० वरियतामा नेपालकाे स्थान यथावत | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

आईसीसीको टी–२० वरियतामा नेपालकाे स्थान यथावत

T-20

काठमाडौं, ५ कात्तिक । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–ट्वान्टी वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहँदै १३ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १सय ९० रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएई रहेका छन् ।

नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् ।

दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।एकदिवसीय वरियतामा भने नेपाल १७ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);