काठमाडौं, २६ भदौ । सभापोखरी गाउँपालिकामा रहेको सभाखोलामा पहिरो खस्दा पानी थुनिएको छ। सभापोखरी गाउँपालिकाको–४ र ६ वडाको बिचमा रहेको फास्सीबुकमा पहिरोले सभाखोलामा करिब ३०० मिटर लामो ताल बनेको हो।
वडा–६का अध्यक्ष विकास पौडेलका अनुसार बुधबार दिउँसो २ बजेतिर पहिरो खसेको थियो। वर्षासँगै गएको पहिरोले खोला थुनिएर ताल बन्दा बाह्रविसे बजार उच्च जोखिममा परेको वडाध्यक्ष पौडेलले जानकारी दिए।
ताल बनेको ठाउँ बाह्रविसे बजार भन्दा २ किलोमिटर माथि रहेको छ। वडा–४को सिमसिङ गाउँबाट झरेको पहिरोले ताल बन्दा बाह्रविसे बजारका स्थानीय त्रसित बनेका छन्। ताल फुट्दा दुई किलोमिटर तल रहेको बाह्रविसे बजारमा ठुलो क्षति पुग्न सक्ने स्थानियले बताए।
सभाखोला, लङ्खुवाखोला र भोटी खोलाको किनारमा बाह्रविसे बजारको ठुलो बस्ती उच्च जोखिमा रहेको छ। बाजार क्षेत्रका करिब १०० घर उच्च जोखिम रहेको छ। त्यस क्षेत्रमा वर्षा नरोकिएकाले घटनाको थप जानकारी आउन बाँकी छ। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।