अतिथिलाई पिपलको पात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अतिथिलाई पिपलको पात

pipalko paat

काठमाडौं, २६ भदौ । धेरैले देख्नुभएको होला अतिथी ब्याज धेरैजसो प्लास्टिक र कागजले बनेका हुन्छन्। त्यो नभए कागजमा रिबनको फुर्का हुन्छ। मालिका गाउँपालिकाले भने अतिथि ब्याजका लागि पिपलको पातलाई प्रयोगमा ल्याएको छ।

पिपलको पात गाउँमै पाइने र वातवरणमैत्री भएकाले अतिथिलाई पिपलको पात ब्याज बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दीपक भण्डारीले जानकारी दिए। निजामती कर्मचारी र शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भएका अतिथिलाई पिपल पातको ब्याज लगाइदिएको भण्डारीको भनाइ छ।

‘गाउँमै पाइने,’ उनले भने, ‘प्लास्टिकबाट छपाएको भन्दा पिपलको पात वातवरणमैत्री हुन्छ।’ भण्डारीले पछिल्लो समय पिपलको प्रयोग र संरक्षण घट्दै गएकाले यसको प्रयोग सकारात्मक तरिकाले गरिएको बताए।

बजारमा पाइने अतिथी ब्याजमा गाउँपालिकाको धेरै रकम खर्च गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि पिपलको पातलाई अतिथि ब्याजको रुपमा प्रयोग गरिएको हो। धार्मिक रुपमासमेत पिपललाई पुज्ने हुनाले अतिथि सत्कारमा समेत यसको प्रयोग राम्रो हुने पालिकाले जनाएको छ। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);