सडकखण्ड अवरुद्ध बनेपछि जाजरकोट डोल्पामा हुन थाल्यो नुन तेलको हुन थाल्यो अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सडकखण्ड अवरुद्ध बनेपछि जाजरकोट डोल्पामा हुन थाल्यो नुन तेलको हुन थाल्यो अभाव

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा  पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र डोल्पामा पर्ने खदाङ्गबीचमा करपगाड पर्ने दुई स्थानमा गएको सुक्खा पहिरोले गर्दा यहाँको यातायात सेवा ठप्प भएको छ  ।

करिब एक सय मिटरमाथिबाट खसेको पहिरोका कारण डोल्पा जाने  र जाजरकोट आउने सवारीसाधनहरू ठप्प छन् । मंगलबारदेखि रुकुमपश्चिको अनाहदेखि छुटेका मालबहाक ट्याकटर, साना ट्रकहरू सडकको दुई किनारामा रोकिएका छन् ।  पहिरोका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिँहले जानकारी दिए । 

‘मुल ठाउँमै पहिरो खसेकाले चामल, नुन, तेल लगायतका सामग्रीहरू भित्रयाउन सकिएको छैन् । बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ’, उनले भने । सडक खुलाउनेबारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको सिंहले बताए । यता डिभिजन प्रमुख ध्रुव झाले आफूलाई जानकारी नै नआएको बताए । 

ज्यानको बाजी थापेर यात्रा

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरू ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् । त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीय मोतीप्रसाद उपाध्यायले भने, ‘मुल सडकमा पहिरो गएको छ । आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन । त्यसकारण पनि सर्वधाराणहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।’ त्रिपुरासुन्दरी नगरपालिका आफैसँग डोजर भए पनि तीन दिनसम्म पहिरो पन्छ्याइएको छैन ।  

कच्ची सडक र झोलङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने फोक्सुण्डो ताल जान हिँडेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताए । उनले थपे, ‘डोल्पा पर्यटकीय हिसाबमा अत्यन्तै सुन्दर छ, त्यही भएर पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ । तर, करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्झिँदा आफँैलाई डर लाग्छ ।’

पर्यटक बीचबाटै फर्किए

करोपगार्डमा खसिरहेको पहिरोका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुण्डो नहेरी पर्यटकहरू बीच बाटोबाटै फर्कन थालेका छन् । उपयुक्त मौसम पारेर  डोल्पा आइपुगेका काठमाडाँै, गुल्मी, बुटवल, पाल्पालगायतका  जिल्लाबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरू पहिरोले अगाडी बढ्न नसकेपछि बीच बाटोबाटै फर्किएका स्थानीय पौरख रोकायले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);