पहिरोले पर्वतको लुंखुदेउराली हुवास सडक अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पहिरोले पर्वतको लुंखुदेउराली हुवास सडक अबरुद्ध

बिष्णु गौतम,
पर्वत । निरन्तर परेको बर्षाका कारण पर्वतको दक्षिण पर्वतका बिभिन्न पालिकालाई सदरमुकाम संग जोड्ने सडक अवरुद्ध बनेको छ। जिल्लाकोे पैयू गाउँपालिका जोड्ने मुख्य लुंखुदेउरालि हुवास सडक आइतबार दिउँसो देखि अवरुद्ध भएको हो ।

पैयू गाउँपालिका वडा नं ७ भोर्लै स्थित सेराखोलामा पहिरो खसेर लुंखु देउरालि हुवास सडक अबरुद्ध भएको स्थानिएले जानकारी दिएका छन् । पैयू गाउँपालिकाको हुवास सदरमुकाम कुस्मा सम्म आवातजावत गर्नै र स्थानियबासी गाउँपालिको केन्द्र सम्म जाने उक्त सडक अबरुद्ध हुदाँ समस्या भएको स्थानिय तोयानाथ भुसाले जानाकारी दिएका हुन ।

शेराखोलामा निर्माधिन पुल माथिको सडक भत्किएको छ भने सडकमाथि ठुलो पहिरो खसेको छ ।

प्हिरोले सडक पुरिएको र बैकल्पिक सडक नहुँदा स्थानियलाई समस्या भएको भुसाले बताएका हुन्। पहिरो माथिल्लो भागमा रहेको बस्ती पनि जोखिममा रहेको छ । वर्षा भैरहेको हुनाले जोखिम रहेको छ । जोखिममा रहेका बस्तीका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको इलाका प्रहरी कार्यालय हुवासले जनाएको ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);