युरोपको आकाश माथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्री ओलीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युरोपको आकाश माथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्री ओलीको माग

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकाले युरोपको आकाश माथिको प्रतिबन्ध हटाउनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा सोमबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यहि शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकाशले असुरक्षा हटेको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालले हवाई सुरक्षाका बाँकि कामहरुमा क्रमस सुधार गर्दै गएको बताउनु भयो । नेपालले सुखी नेपाली र सम्बृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको स्पस्ट पर्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताउनु भयो । नेपालको पर्यटन क्षेत्रको विकाशको लागि कनेक्टिभिटी आवश्यक रहेको बताउनु भयो ।

आफ्नो मन्तब्यको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको बताउनु भयो । साथै थप दुई नयाँ अन्तराष्ट्रिय विमानस्थल पनि निर्माण भैरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनैतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पस्ट भएको हुँदा बिकाशमा लगानीको लागि अनुकुल समय रहेको बताउनुभयो ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याने सरकारको लक्ष्यमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । आजबाट सुरु भएको सम्मेलन पाँच दिन सम्म चल्ने छ । यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);