नेकपामा नेताहरुको वरियता हेरफेर, वरिष्ठ नेता झलनाथ खनाल राख्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपामा नेताहरुको वरियता हेरफेर, वरिष्ठ नेता झलनाथ खनाल राख्ने निर्णय

jhalnatha khanal

काठमाडौं, २ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुको वरियता हेरफेर गरिएको छ ।आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयपछिको वरियतामा वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेको हो ।

वरियतामा खनालभन्दा पछाडी वरिष्ठ नेता माधवकुमार नेपाललाई राख्ने निर्णय बैठकले गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपालको असन्तुष्टि र विरोधका बाबजुद पनि उनलाई अर्का नेता खनालभन्दा पछाडीको वरियतामा राखेको हो ।

नेता नेपालले बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर आफ्नो असन्तुष्टि जनाएका छन् । पार्टी एकता हुँदा वरिष्ठ नेता नेपाललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालपछि तेस्रो वरियतामा राखिएको थियो । खनालले आफू विदेश हुँदा एकलौटी ढंगले वरियता तोकेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । खनालकै असन्तुष्टि सम्बोधन गर्ने क्रममा आइतबार नेकपाले नेताहरुको वरियतामा हेरफेर गरेको हो ।

बैठकले जनवर्गीय संगठनमा इञ्चार्जसमेत तोकेको छ । जस अनुसार किसान महासंघमा बामदेव गौतमलाई इञ्चार्ज र सुनील मानन्धरलाई सहइञ्चार्ज बनाउने निर्णय भएको छ ।

त्यस्तै ट्रेड यूनियन महासंघको इञ्चार्जमा जयपुरी घर्ती र सहइञ्चार्जमा विनोद श्रेष्ठ चयन भएका छन् । बैठकले विभिन्न जनवर्गीय संगठन, सम्पर्क कमिटी र समितिहरुमा इञ्चार्ज र सहइञ्चार्ज समेत तोकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);