ओलीको ‘प्रयोग’ राजनीति | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ओलीको ‘प्रयोग’ राजनीति

ghanashyam

काठमाडौं, ४ भदौ । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रयोगको राजनीतिलाई उपयोग गरेको बताउनुभएको छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘सुरुमा माधव नेपाललाई उपयोग गर्नु भो, अहिले झलनाथ खनाललाई, अध्यक्षले खेल राजनीति गर्नुभो।’

नेता भुसालले भनेजस्तै यो उपयोगको राजनीतिसँगै नेपाल कम्युनिष्ट पार्टीमा विवादहरू पनि नयाँ ढंगले सिर्जना भएका छन्। मिलेको पन्ध्र महिनापछि स्थायी, प्रदेश र जिल्लाका इन्चार्ज÷सह–इन्चार्ज, विभागका प्रमुख÷उपप्रमुख र जनवर्गीय संगठनका इन्चार्ज÷सह–इन्चार्जहरूको टुंगो लगाएको सचिवालयले वरिष्ठताको निर्णय उल्टयाएपछि यस्तो विवाद सुरु भएको हो।

एकीकरणपूर्व झलनाथ खनाल वरिष्ठ नेता रहनुभएको थियो। तर एकीकरण घोषणाका क्रममा माधवकुमार नेपाललाई पहिलो वरिष्ठ नेता बनाइयो। उक्त निर्णयप्रति असहमति जनाउँदै खनालले निर्णय सच्याउन सचिवालय बैठकमा लिखित प्रस्ताव नै दर्ता गराउनुभएको थियो। पन्ध्र महिनासम्म गुपचुप रहेको उक्त प्रस्ताव उप्काउँदै केही दिन अघिमात्र सम्पन्न सचिवालय बैठकले खनाललाई नै पुनःवरिष्ठ नेता बनाउने निर्णय गरेपछि नयाँ तरङग आएको हो।

यद्यपि सचिवालयको उक्त निर्णयप्रति वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाउनुभएको छ। तत्कालीन एमालेको विधानमा अध्यक्षमा निर्वाचित भएपछि निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने प्रावधान रहेको थियो। सोही नियममा टेकेर खनालले पहिलो नम्बरको वरिष्ठता दावी गर्नुभएको थियो। जुन माग सचिवालय बैठकले पूरा गरिदिएको छ ।

सचिवालय बैठकमा नेता नेपालले वरिष्ठताको टुंगो लगाउँदा कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका र पदीय जिम्मेवारीको ऐतिहासिक पक्षलाई केलाउनुपर्ने माग राखे पनि त्यसमाथि सुनुवाई हुनसकेन। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);