निर्वाचन आयोगकाे तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

निर्वाचन आयोगकाे तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार

nirbachan aayog

काठमाडौं, २ भदौ । निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो ।

आयोगको तेश्रो पञ्चबर्षीय रणनीतिक योजनका लागि ५ वटा रणनीति अन्तर्गत ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीतिहरु कार्यान्वनयका लागि ५ बर्षको कार्ययोजना समते तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ ।

आयोग परिसरमा सोमबार सम्वाददाताहरुसंग कुरा गर्दे प्रवक्ता शंकर प्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धीत क्षेत्रका निकायसंग गरिएको परामर्शबाट प्राप्त सुझावहरु राखेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिनुभयो ।

स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन मार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य प्राप्तीका लागि रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताउनुभयो ।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवम् नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);