एजेन्सी, २५ असार । स्पेनिस पूर्व मिडफिल्डर जाभी अलन्सो स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको ’बी’ टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
रियल सोसिडाडले ३७ वर्षीय अलन्सोलाई २ बर्षको लागि प्रशिक्षकमा नियुक्त गरेको हो ।विश्वकप विजेता अलन्सोले क्लबसँगको सम्झौता आफ्नो लागि बिशेष भएको बताएका छन् ।
लिभरपुल, रियल मड्रिड र वायर्न म्युनिखका पूर्व प्लेमेकर अलन्सोले रियल सोसिडाडबाट १सय २४ खेल खेलेका थिए । उनले सन् २००३ र ४ को सिजनमा क्लबलाई च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए ।