चर्चित रियालिटी सो 'बिग बोस' अब नेपालमा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

चर्चित रियालिटी सो ‘बिग बोस’ अब नेपालमा

big boss in nepal

काठमाडौं, ३ बैशाख । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुनेछ ।

आइमेक्स पोडक्सन तथा इन्डिमोलसाइनको संयुत्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी सो विग बोस नेपाल नेपालको ऐतिहासिक रुपमा आउन लागेको हो ।

आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । २०७६ वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरि नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडैनै सुरु हुनेछ ।

यस कार्यक्रमको उदेश्य प्रतिभाहरुलाई सवैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पु¥याउनु रहेको छ । नेपालको इतिहासमा यो टेलिभिजनको सबैभन्दा ठूला पहिलो रियालिटी सो भएकोले यस मार्फत नेपाली चलचित्रको विकासमा सहयोग गर्ने लक्ष्य पुरा हुने तथा यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने आयोजकले अपेक्षा लिएको छ । यस्तो कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउन समेत सहयोग पुग्नेछ ।

नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पुर्वक संचालित बिग ब्रदर टिमको पुर्ण सहयोगले ५५ देश नेपालमा बिग बोस सफल बनाउने प्रतिबद्धता गरेको आयोजकले जनाए । देश अनुसार फरक फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रषारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ ।

यो कार्यक्रमको सञ्चालन नेपालका एक उत्कृष्ट कलाकारले गर्नेछन् । बिग बोस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता जानाई बिग बोसको ट्रफी जित्नेछन् ।