बिग बोसमा विवादित राज कुन्द्रा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिग बोसमा विवादित राज कुन्द्रा

एजेन्सी। अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर आइरहेको छ । तर, अब यो सूचीमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि जोडिएका छन् । समाचारअनुसार राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको छ । शोका निर्माता र राजबीच कुराकानी चलिरहेको छ । राज पनि यो शोमा सहभागिता जनाउनका लागि सकारात्मक छन् । राजले आफ्नो वास्तविक जीवन र साँचो कुरा देशको अगाडि आउनुपर्ने सोचिरहेकाले उनी शोमा जान लालयित छन् ।

राजभन्दा अघि ‘बिग बोस’ को पछिल्लो सिजनमा शिल्पाकी बहिनी अर्थात राजको साली शमिता प्रतिष्पर्धी थिइन् । शमिता पहिला बिग बोस ओटीटीको हिस्सा थिइन् । यसपछि उनी बिग बोस १५ मा प्रतिष्पर्धी भइन् । उनको प्रस्तुतिलाई दर्शकले निकै मनपराएका थिए ।

राज पछिल्लो समयमा विवादमा तानिएका थिए । खास गरी पोर्नोग्राफी केसमा उनी मुछिएपछि जेलको हावा पनि खानु परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);