बिग बोस ओटीटी सिजन २ को विजेता बने युट्युबर एल्विश यादव | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

बिग बोस ओटीटी सिजन २ को विजेता बने युट्युबर एल्विश यादव

एजेन्सी, ३० साउन । बिग बोस ओटीटी सिजन २ को युट्युबर एल्विश यादव विजेता भएका छन् । बिग बोसको चम्किलो ट्रफीसँगै एल्विशले २५ लाखको इनाम पनि जितेका छन् ।

सलमान खानको यो शोमा अभिषेक मल्हान फस्ट रनरअप र मनिषा रानी सेकेन्ड रनरअप भएकी थिइन् । एल्विश यो सिजन वाइल्ड कार्ड प्रतियोगीको रुपमा प्रवेश गरेका थिए । बिग बोसको इतिहासमा वाइल्ड कार्ड प्रतियोगीले शो जितेको यो पहिलो पटक हो ।

एल्भिसले आफ्नो ट्रफी अभिषेक मल्हान र मनिषा रानीलाई समर्पित गरेका छन् । विजेताको घोषणा हुनुअघि एल्विसले पनि धमाकेदार प्रदर्शन गरेका थिए।

एल्भिसको साथमा अभिषेक मल्हान, मनिषा रानी, बबिका धुर्वे र पूजा भट्ट बिग बोस ओटीटीको शीर्ष पाँचमा थिए ।

Leave a Reply