आजबाट बिग बोस १७ सुरु, प्रतियोगीले नयाँ सिजनमा मोबाइल प्रयोग गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

आजबाट बिग बोस १७ सुरु, प्रतियोगीले नयाँ सिजनमा मोबाइल प्रयोग गर्न पाउने

एजेन्सी, २८ असोज । चर्चित रियालिटी शो ‘बिग बोस १७’ टेलिभिजनमा आउने तयारीमा छ । शोको भव्य प्रिमियर आजबाट सुरु हुँदैछ । प्रतियोगीलाई १०५ दिनसम्म घरभित्र थुन्ने तयारी छ ।

खुलासा गरिएको जानकारी अनुसार यस पटक धेरै कुराहरु हुने छन् जुन पहिले कहिल्यै भएको थिएन । शोमा केही जोडी र केही एक्लै सहभागी हुने बताइएको छ । तर यसका साथसाथै अरु धेरै कुराहरु हुनेछन् जसको कसैले कल्पना समेत गरेको थिएन । यस पटकको शोको कन्सेप्टमा केही प्रमुख परिवर्तन गरिएको छ ।

‘बिग बोस १७’ आइतबार १५ अक्टोबरबाट सुरु हुँदैछ । निर्माण पक्षले शुक्रबार राति प्रतियोगीहरुको भिडियो सार्वजनिक गरेको हो । सबैको अनुहारमा सानो झलक देख्नेबित्तिकै सबै प्रतियोगीलाई हेर्ने चाहना फ्यानमा बढ्यो । यसबाहेक प्रतियोगीलाई राखिने घरमा पाँचवटा ठूला परिवर्तन गरिएको छ । यसको मतलब यो शोमा दर्शकले धेरै नयाँ कुरा देख्न पाउनेछन् ।

Leave a Reply