अलग्गिएका हुन् ललित र सुस्मिता ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अलग्गिएका हुन् ललित र सुस्मिता ?

एजेन्सी।आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले केही महिना अघि अभिनेत्री सुस्मिता सेनसँग आफ्नो सम्बन्धलाई आधिकारिक गरेका थिए । तर, अब दुबै अलग्गिएको अनुमान गरिएको छ । ललितले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलको बायोबाट सुस्मिताको नाम हटाएका छन् । योसँगै उनीसँग भएको डिस्प्ले तस्बिर पनि परिवर्तन गरेका छन् ।उनको बायोमा आईपीएल फाउण्डर र मुन मात्र लेखिएको छ । यो हेरेका प्रयोगकर्ताले उनीहरू अलग्गिएको अनुमान लगाएका छन् । यद्यपि सुस्मिता र ललितको तर्फबाट केही आधिकारिक धारणा आएको छैन । ललितले गत महिना आफ्नो प्रोफाइल तस्बिर परिवर्तन गरेका थिए । फोटोमा उनका साथमा सुस्मिता थिइन् । उनले बायोमा ‘अन्ततः नयाँ जीवनको सुरुवात, पार्टनर इन क्राइम, माइ लव सुस्मिता सेनका साथ’ लेखेका थिए । उनले सुस्मिताको इन्स्टा एकाउण्टमा पनि ट्याग गरेका थिए ।ललित र सुस्मिताको सम्बन्ध टुट्नुमा प्रमुख कारण सुस्मिताको पूर्व प्रेमी रोहमन शोल रहेको दाबी गरिएको छ । रोहमन र सुस्मिता अलग्गिए पनि उनीहरु प्रायः पार्टीमा सँगै देखिन्छन् । हालैमात्र रोहमनलाई सुस्मिताको जन्मदिन उत्सवमा देखिएको थियो ।

रोहमन र सुस्मिताले अढाई वर्षको अफेयरपछि गत वर्षको डिसेम्बरमा ब्रेकअप गरेका थिए । उनीहरु त्यो बेला लिभ इन रिलेसनमा थिए । रोहमन सुस्मिताभन्दा १६ वर्ष कान्छा छन् ।

सुस्मिताको यसअघि विक्रम भट्ट, रणदीप हुड्डा, वसीम अकरम, संजय नारंग, बंटी सजदेहलगायतसँग नाम जोडिइसकेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);