रौतहटमा एसिड आक्रमणबाट दुई युवती गम्भीर घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

रौतहटमा एसिड आक्रमणबाट दुई युवती गम्भीर घाईते

acid attack

रौतहट, २९ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका–६ मा मंगलवार राती अज्ञात समुहले छर्केको एसिडबाट दुई जना युवती गम्भीर घाईते भएका छन् । चन्द्रपुर नगरपालिका– ६ की सम्झाना दास र उनकी १५ वर्षिय बहिनी सुस्मिता दास एसिड आक्रमणबाट गम्भिर घाईते भएका हुन् ।

मंगलवार राती करिब १२ बजे सुतिरहेको अवस्थामा अज्ञात समुहले एसिड छर्केर फरार भएको पीडितहरुले बताएका छन् । एसिडबाट सम्झनाको आँखामा गहिरो चोट लागेको छ भने सुस्मिताको कपाल र अनुहारमा घाउ भएको छ । घाईतेहरुहरुको उपचारका लागि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

एसिड हान्ने व्यक्तिको अहिले खोजि भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ । एसिड पीडित परिवार गरिव भएको हुनाले थप उपचारका लागि सहयोग गरिदिन स्थानियले सम्बन्धित पक्षसंग आग्रह समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);