उच्च अदालतद्वारा पूर्व राष्ट्रपति अब्दुल्लाह यामिनलाई रिहा गर्न आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

उच्च अदालतद्वारा पूर्व राष्ट्रपति अब्दुल्लाह यामिनलाई रिहा गर्न आदेश

maldeves

काठमाडौं, १५ चैत । माल्दिभ्सको उच्च अदालतले पूर्व राष्ट्रपति अब्दुल्लाह यामिनलाई रिहा गर्न आदेश दिएको छ ।

प्रचलित कानून अनुसार यामिनलाई पर्याप्त आधारबिना एक महिनाभन्दा धेरै समय जेलमा राख्न नहुने भन्दै उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । यामिनलाई भ्रष्टाचार प्रकरणमा संलग्न रहेको भन्दै गत फेब्रुअरी १८ मा पक्राउ गरिएको थियो ।

आफ्नो कार्यकालमा एउटा होटेललाई माल्दिभ्सको टापु भाडामा दिने क्रममा अनियमितता गरेको र कालो धनलाई सेतो बनाएको यमिनविरुद्ध अभियोग लागेको छ । यामिनको चीनसँग नजिकको सम्बन्ध रहेको बताइन्छ । गत वर्ष भएको निर्वाचनमा उनी अप्रत्याशित रुपमा पराजित भएका थिए । आलोचकहरुले उनीमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);