एसइईको सम्पूर्ण तयारी पुरा : देशभरबाट ४ लाख ७५ हजार विद्यार्थी सहभागी हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

एसइईको सम्पूर्ण तयारी पुरा : देशभरबाट ४ लाख ७५ हजार विद्यार्थी सहभागी हुने

see-panika

काठमाडौं, ९ चैत । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको हो ।

परीक्षा नियन्त्रक कार्यालयका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने छन् । जसमा दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् ।

परीक्षामा देशभर एक हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको छ भने एक हजार ९ सय ६९ केन्द्राध्यक्ष, तीन हजार १ सय ६७ सहकेन्द्राध्यक्ष रहेका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुप अनुसार १० गतेबाट शुरु हुने परीक्षा आगामी २१ गतेसम्म सञ्चालन हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);