कंगो राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै गरेको अपिल खारेज | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

कंगो राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै गरेको अपिल खारेज

felix tshisekedi

एजेन्सी, ६ माघ ।  कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्ने पर्याप्त आधार नरहेको भन्दै अदालतले विपक्षीको अपिल खारेज गरेको हो ।

हालै सम्पन्न कंगोको राष्ट्रपतिय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षि दलले फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । फेलिक्सको जितमा निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्ने पर्याप्त आधार नरहेको जनाएको छ । प्रयाप्त आधार नपुगेकै कारण प्रतिपक्षीको अपिल कंगोको अदालतले खारेज गरिदिएको हो ।

अदालतको आदेशसंगै फेलिक्स सिसेकेडिको राष्ट्रपति बन्ने वाटो खुलेको छ । नेता फेलिक्सले जित हात पारेको दाबी गरे पनि हालको प्रशासन विरोधी मार्टिन फायुलुले आफूले जितेको दाबी गरिरहेका छन । हालका राष्ट्रपति जोसेफ कबिल र राष्ट्रपतिका प्रत्यासी फेलिक्सबीच शक्ति बाँडफाँडको सम्झौताका कारण निर्वाचनमा धाँधली भएको आंशकामा अफ्रिकन युनियनले समेत निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न आग्रह गरेको थियो ।

गत डिसेम्बर ३१ मा भएको निर्वाचनको नतिजाप्रति अफ्रिकन युनियनले समेत गम्भीर चासो व्यक्त गरेको छ । कंगोमा भएको निर्वाचनमा फेलिक्स् सिसेकेदीले ३८ दशमलब ५ प्रतिशत मत ल्याएको त्यहांको निर्वाचन आयोगले जनाएको छ । सिसेकेदीले आफ्नो प्राथमिकता गरिबीविरुद्ध लक्षित हुने बताएका छन् । उनी मुलुक स्वतन्त्र भएपछि निर्वाचन जित्ने पहिलो विपक्षी नेता समेत बनेका छन् ।

चुनावी नतिजाको औपचारिक घोषणापछि वर्तमान राष्ट्रपति जोसेफ काबिलाले १८ वर्षपछि सत्ता छाड्ने भएका छन । सन् १९६० मा बेल्जियमबाट स्वतन्त्र भएपछि प्रजातान्त्रिक गणतन्त्र कंगोमा विधिपूर्वक सत्ता हस्तान्तरण गर्ने राष्ट्रपति काबिलाले प्रतिबद्धता जनाएका छन् । तर चुनावमा धांधली भएको भन्दै अरु विपक्षी उम्मेदवारले सहजै चुनावी नतिजा स्वीकार गर्ने अबस्था नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिपक्षी दलको अपिल त्यहाको अदालतले खारेज गरिदिएपछि फेलिक्स सिसेकेडिको राष्ट्रपति बन्ने वाटो खुलेको भएपनि विपक्षी दलको धाँधली भएको भन्ने अडान तथा अफ्रिकन युनियन समेतले धाँधली भएको हुनसक्ने भन्दै तत्काल नतिजा सार्वजनिक नर्गन भनिरहेको समयमा उनको अवको यात्रा भने त्यती सजिलो नभएको विश्लेषकहरुले दावी गरेका छन ।

आर्थिक रुपमा समेत पछाडी रहेको कंगोमा आगामी कार्यकाल सफल बनाउन विजयी नेतालाई प्रतिपक्षी दलको समेत सहयोग अपरिहार्य देखिएको वर्तमान समयमा सिसेकेडिले कस्तो वाटो तय गर्लान भन्ने आम चासोको विषय वनेको छ । विजय हासिल गरेसंगै सिसेकडि सामु आर्थिक समृद्धिको जटिल विषय काधमा आएको छ ।

कंगोको आर्थिक सम्र्वद्धि तथा त्यहाका जनताको उन्नतीका लागि उनको भावी नीतिले प्रभाव पार्ने भएकोले उनले विषक्षीको समेत सहयोग अपेक्षा गरेको बताइएको छ ।