निर्मला हत्या प्रकरण : कञ्चनपुरमा सोमबारदेखि चरणबद्ध आन्दोलन शुरु | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा सोमबारदेखि चरणबद्ध आन्दोलन शुरु

पुष्कर भट्ट

कञ्चनपुर, १७ मंसिर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै फेरी आन्दोलन शुरु भएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा अधिकारकर्मी, नागरिक समाजका पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको मुलगेटमा धर्ना बसेका हुन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलबार २ दिन बिहान १० बजेदेखि ४ बजेसम्म कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका सदस्य शारदा चन्दले बताइन् ।

अधिकारकर्मीहरुले मुलगेटमा धर्नामा बसेपछि जिल्ला प्रशासन कार्यालयको कामकाजमा भने अवरोध भएको छ । यसअघि सेवाग्राहीहरुले वैकल्पिक बाटो भएर प्रशासन कार्यालयमा कामकाजका लागि जाने गरेपनि सोमबार भने आन्दोलनरत अधिकारकर्मीहरुले वैकल्पिक बाटोमा समेत धर्ना शुरु गरेपछि कामकाजमा अवरोध पुगेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);