काठमाडौं महानगरको नि:शुल्क वाईफाई सेवा प्रभावकारी भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगरको नि:शुल्क वाईफाई सेवा प्रभावकारी भएन

तेजना पण्डित
काठमाडौं, १७ मंसिर । काठमाडौं महानगरपालीकाले संचालन गरेको नि:शुल्क वाईफाई सेवा संचालन भएको आठ महिना पुग्दा समेत प्रभावकारी बन्न सकेको छैन । सुचना प्रविधिको विकाससंगै महानगरले सर्वसाधारणलाई सार्वजनिक स्थानमा इन्टरनेट सुविधा दिने घोषणा गरेको थियो । तर वाईफाईलाई व्यवस्थीत गर्न नसक्दा महानगरपालिकाको योजना नाम मात्रैको बनेको छ ।

सर्वसाधारण तथा पर्यटकलाई सहज रुपमा ईन्टरनेट सेवामा पहुुँच पुराउन भन्दै काठमाडौं महानगरपालीकाले राजधानीको बसन्तपुर, हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध लगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा गत चैत्र महिना देखी वर्ल्ड लिंकको समन्वयमा निशुल्क वाईफाई सेवा सुरु गरेको थियो ।

काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धि सेवा बिस्तार गर्ने भन्दै शुभारम्भ गरीएको फ्रि वाईफाई सेवा प्रभावकारी नभएको सर्वसाधारणको गुुनासो छ । उनीहरुले ईन्टरनेट टावर देखे पनी त्यसको उपयोग भने गर्न नपाएको बताएका छन् ।

वर्ल्ड लिंकसँगको सहकार्यमा सुुरु गरिएको स्थानमा मोबाईलमा स्वतः इन्टरनेट कनेक्ट हुने व्यवस्था गरिएको छ । कतिपय स्थानमा जडान गरिएको वाईफाई चल्दै नचल्ने अवस्थामा छ भने कतिपय स्थानमा जडान गरिएको इन्टरनेट स्पीड कम भएकाले सेवा प्रयोग गर्न नसकिएको प्रयोगकर्ताको गुुनासो रहेको छ । उनीहरुले इन्टरनेट स्पीड बढाइदिन महानगरपालिकासंग माग गरेका छन् ।

पछिल्लो समय पार्क, धार्मिक तथा पर्यटकियस्थलहरुमा सर्वसाधारणको संख्या बढ्दो छ । विकसित प्रविधिका कारण सर्वसाधारणमा इन्टरनेट मोह बढ्दो छ । यही पक्षलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा नि:शुल्क वाईफाईको व्यवस्था गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);