बिहीबारदेखि साफ यू -१५ च्याम्पियनसिप | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

बिहीबारदेखि साफ यू -१५ च्याम्पियनसिप

काठमाडौं, ६ कात्तिक । आगामी बिहीबारदेखि ललितपुरको सातदोबाटोमा साफ यू १५ हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सातदोबाटोस्थित आफ्नै कम्लेक्समा पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो।

सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुने खेलमा नेपालको १५ बर्ष मुनिको राष्ट्रिय युवा टिम लगायत बंगलादेश, भारत, भुटान र पाकिस्तानी टिमको सहभागीता हुनेछ ।

एन्फाले टीमहरुको प्रशिक्षणका लागि सशस्त्र प्रहरीको हलचोक मैदान र मध्यपुर युथ एसोसियसनको प्रशिक्षण केन्द्र सानोठिमीको मैदान मिलाईएको जनाएको छ । यस च्याम्पियनशिपमा १ करोड ६५ लाख खर्च हुने अनुमान एन्फाले गरेको छ ।

दक्षिण एशियाली फुटबल महासंघ साफको कार्यक्रम अनुसार नै एन्फाको आयोजनामा साफ यू-१५ च्याम्पीयनसिप हुन लागेको हो ।

ताजा समाचार