करेन्ट लागेर बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

करेन्ट लागेर बालकको मृत्यु

carrent

राजविराज, ४ कात्तिक । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ। आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

ताजा समाचार