नवलपरासीमा बस दुर्घटना हुदा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवलपरासीमा बस दुर्घटना हुदा ५ जनाको मृत्यु

bus accident

नवलपरासी, ४ कात्तिक । सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ ।
दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए ।

बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);