धारामा पानी नआउँदा हेटौंडाबासीको दैनिकी कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धारामा पानी नआउँदा हेटौंडाबासीको दैनिकी कष्टकर

हेटौंडा, ३ कात्तिक । हेटौंडा उपमहानगरपालिका वडा न ७ मा पानीको हाहाकार भएको छ । लामो समयदेखि धारामा खानेपानी नआएपछी स्थानीय बासीन्दा ट्यांकरको पानीमा भर पर्नुपरेको छ । दसैंको समयमासमेत धारामा पानी नआउँदा हेटौंडाबासीको दैनिकी कष्टकर बनेको छ ।

हेटांैडा उपमहानगरपालिका वडा न ७ का स्थानीयहरुको धारामा एक महिना देखि पानी आएको छैन । बडादसैं जस्तो चाडमासमेत धारामा पानि नआउँदा स्थानीयहरुले आफुहरुलाई दसैं भन्दा नी दशा लागेको जस्तो भएको गुनासो गरेका छन् । धारामा पानी आउन छाडेपछी किनेर पानी खानु परेको भन्दै उनीहरुले दुखेसो पोखेका छन् ।

एक महिनासम्म पनि पानी धारामा नआउँदा घरमा भएका भाँडा सबैं खाली भएको स्थानीयले बताए । चुनावको समयमा जनप्रतिनिधीहरुले तीन महिना भित्रमा स्थानीयलाई पुग्ने गरी दैनिक पानी उपलब्ध गराउने बाचा गरेका थिए । तर, चुनाव सम्पन्न भएको डेढवर्ष वितिसक्दा समेत उनीहरुले केहि नगरेकोमा स्थानीय आक्रोसित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);