प्रधानमन्त्री ओली र निर्मलाका आमा-बुवाबीच भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओली र निर्मलाका आमा-बुवाबीच भेट

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबासँग भेट गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गा र बुबा यज्ञराजसँग त्यस क्षेत्रका सांसद र अधिकारकर्मीहरुसहित भेट गरेका छन् ।

भेटमा घटनाको विवरण सुनाउँदै निर्मलाकी आमा दुर्गाले न्याय पाउनेकी नपाउने भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरेकी छन् । दुर्गाले गहभरी आँशु झार्दै कञ्चनपुरमा आन्दोलन गर्दा पनि न्याय नपाएपछि आफूहरु काठमाडौं आउनु परेको प्रधानमन्त्रीलाई बताइन् ।

घटनाको विवरण आमाबाटै सुनेपनि प्रधानमन्त्री ओलीले बालिका निर्मलाको हत्याको घटनाले जोकोहीलाई पीडित तुल्याएको उल्लेख गर्दै सो घटनाका दोषीलाई उम्कन नदिइने बताए ।

उनले अपराधी ठूलो नहुने र त्यसलाई कार्वाहीको दायरामा ल्याइ छोड्ने आश्वासन दिए । प्रधानमन्त्री ओलीले सो घटनालाई आफूले सुरुदेखि नै गम्भिरतापूर्वक लिएको उल्लेख गर्दै घटनालाई ढाकछोप हुन नदिन सरकारले धेरैवटा छानवीन टोली परिचालन गरेको स्मरण गराए ।

उनले घटनाको तथ्य पत्ता लगाउन डिआईजी नेतृत्वको शक्तिशाली छानवीन टोली परिचालन गरिएको बताए । प्रधानमन्त्री ओलीले घटनामा प्रमाण नष्ट गर्ने लगायतका काम गरेको पाइएपछि त्यहाँ परिचालित ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरिएको बताए ।

त्यस अवसरमा अधिकारकर्मीहरुले पनि प्रधानमन्त्री ओलीसँग पीडितलाई न्याय दिन आग्रह गरेका थिए । सरकारले सो घटनाको छानबिनका लागि डिआइजी धिरु बस्नेत नेतृत्वको नौं सदस्यीय टोली परिचालन गरेको छ । प्रधानमन्त्री ओलीले दोषी पत्ता लगाई कडा कार्वाही गर्न डिआईजी नेतृत्वको छानवीन टोली नै परिचालन गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);