साफ च्याम्पियनसिप : नेपालद्वारा भुटान ४-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

साफ च्याम्पियनसिप : नेपालद्वारा भुटान ४-० ले पराजित

saff nepal vs bhutan

काठमाडौं, २१ भदौ । बंगलादेशमा जारी साफ च्याम्पीयनसिप फुटबलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ । बिहीबार ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाले भुटानलाई ४-० ले हराएको हो ।

नेपालले खेलको २० औं मिनेटमानै अग्रता लिएको थियो । हेडमार्फत् नेपालका अनन्त तामाङले उत्कृष्ट गोल गरेका थिए । ६९ औं मिनेटमा बिमल घर्तिमगरले मिस गरेको पेनाल्टी बलमा सुनिल बलले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले ८९ मिनेटमा तेस्रो गोल गरेका हुन । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गरेको गोल नै निर्णायक बन्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);