साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको ३-० को अग्रता | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको ३-० को अग्रता

nepal bhutan

काठमाडौं, २१ भदौ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को दोस्रो खेल नेपाल र भुटानबीच जारी छ । ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार अपरान्ह ४ देखि खेल जारी छ ।

नेपालका भरत खवासले खेलको ७८औँ मिनेटमा तेस्रो गोल दिलाएका हुन् । बंगबन्धु रंगशालामा खेलको ६९ औं मिनेटमा बिमल घर्तिमगरले मिस गरेको पेनाल्टी बलमा सुनिल बलले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका छन् । यसअघि नेपालले खेलको २० औं मिनेटमानै अग्रता लिएको थियो । हेडमार्फत् नेपालका अनन्त तामाङले उत्कृष्ट गोल गरेका थिए ।

ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार पौने ४ देखि खेल जारी छ । नेपालले पहिलो खेल पाकिस्तानसँग २–१ ले हारेको थियो । सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई जित्नै पर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);