तेश्रो जिल्लाब्यापी मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता आज देखि शुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

तेश्रो जिल्लाब्यापी मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता आज देखि शुरु हुँदै

ladies

काठमाडौं, २२ भदौ । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा तेश्रो जिल्लाब्यापी मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

जसमा महिला फिटनेस् तथा द्वितीय जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता रहने छन् । प्रतियोगितामा करिब ३०० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेे छन् ।प्रतियोगिताको पहिलो दिन भाद्र २२ गते शुक्रबार १२ बजेबाट नक्साल ब्यांक्वेटमा प्रि–जजिङ चरण र दोश्रो दिन भाद्र २३ गते शनिबार राष्ट्रिय नाचघरमा २ बजेबाट फाइनल चरणको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ राउण्डबाट प्रत्येक वजन समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा गराइ ५ जना खेलाडीहरुलाई फाइनल चरणमा छनौट गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);