सबै नागरिक रोजगार हुनैपर्छ : मन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

सबै नागरिक रोजगार हुनैपर्छ : मन्त्री पुन

barsaman pun

काठमाडौं, ९ भदौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले सबै नागरिक रोजगार हुनैपर्ने बाध्यकारी अवस्था सृजना गरिरहेको दावी गरेका छन् ।

मन्त्री पुनले सबै नागरिकलाई रोजगारीको अवसर दिन सरकारले उद्यमशील नागरिक बनाउने अभियानलाई विशेष महत्व दिएको स्पष्ट पारे । शनिबार काठमाडौंमा आयोजित ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौंको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले हरेक नागरिकलाई सय दिन रोजगारीको अवसर दिन सरकारले बेरोजगार भत्तासहितको कानुनी व्यवस्था गर्न लागेको बताए ।

मन्त्री पुनले रोजगारीको अवसर वृद्धि हुनेगरी उद्योग, व्यवसायको प्रवद्र्धनको काममा लाग्न उद्यमी, व्यवसायीहरुलाई समेत आग्रह गरे । उनले पुरानै खालको सक्रीयताबाट मुलुकको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहेको बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);