पाँच वर्ष भित्र मुलुकबाट गरिबी अन्त्य गर्छु : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाँच वर्ष भित्र मुलुकबाट गरिबी अन्त्य गर्छु : अर्थमन्त्री खतिवडा

arthamantri khatiwada

काठमाडौं, १ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्ष भित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् । संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा सरकारले गरिबी निवारण लगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको बताए । उनले पाँच वर्ष भित्र मुलकमा गरिबीको रेखामुनी पनि रहेका नागरिकको स्तर उन्नती हुने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दावी पनि गरे । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकार अन्तराष्ट्रिय लगानी भित्र्याउन लागि परेको पनि बताए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी तथ्यांक संकलनको काम सुरु गरिएको जानकारी दिए । उनले सरकारी स्रोत साधनको दुरुपयोग रोक्न सकिए दिगो विकासका लक्ष्य हासिल हुन सहज हुने बताए ।

उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी योजना बनाउने कामलाई आयोगले अन्तिम चरणको पुर्‍याएको पनि जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);