दिगो विकासको लक्ष्य प्राप्तीका लागि पहिले असमानताको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दिगो विकासको लक्ष्य प्राप्तीका लागि पहिले असमानताको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, ३१ साउन । अर्थमन्त्री युवराज खतिवडाले दिगो विकासको लक्ष्य प्राप्तीका लागि सबै भन्दा पहिले असमानताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यहरु कार्यान्वयन तथा सुशासन सुदृढीकरणमा संसदीय भूमिका सम्बन्धमा राष्ट्रिय सभा र पदेशसभाका सदस्यसंग गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले दिगो विकास लक्ष्य हासिल गर्नका लागि असमानता अन्त्य हुनुपर्नेमा जोड दिनु भएको छ । त्यसका लागी सबै तहमा एकीकृत अभियान संचालन गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

आय, भुगोल, लिंग, शारिरीक असक्षमता लगायत विभिन्न क्षेत्रमा असमानता रहेकाले दिगो विकासको लक्ष्य प्राप्तीका लागि सबै भन्दा पहिले ती सबै क्षेत्रका असमानताको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

असमानतालाई सबै भन्दा पहिलो एजेण्डा नबनाएसम्म समन्यायीक अवधारणाको औचित्य नै नहुने भन्दै उहाँले असमानता अन्त्यको अभियान कुशलता संग अघि बढाउनका लागि सबै तहका सरकारबीचको समन्वय आवश्यक रहेको बताउनुभयो ।

दिगो विकासका लक्ष्य प्राप्तीका लागि संघ, प्रदेश र स्थानीय तहसंगको सहकार्य अत्यन्तै महत्वपुर्ण भएको भन्दै उहाँले योजना तर्जुमा, प्राथमिकता निर्धारण, अनुगमन र मुल्यांकनलाई प्रदेश सरकारले पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);