चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित

काठमाडौं, ३१ साउन । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ । नेपाल चिकित्सक संघले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम १५ दिनको लागि स्थगित गरेको जनाकारी गराएको हो ।

मुलुकी अपराध संहिताले चिकित्सकहरुलाई कैदसहितको दण्ड सजायको व्यवस्था गरेको विरोधमा संघले विरामी नजाँच्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

संघले आफ्नो लाईसेन्स भने संघको कार्यालयमा बुझाउन देशभर चिकित्सकहरुलाई निर्देशन दिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघको माग अनुसार संहिता संशोधन गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम १५ दिनका लागि सारेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);