'राष्ट्रिय प्राथमिकताका आयोजनालाई तीव्रता देउ' | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

‘राष्ट्रिय प्राथमिकताका आयोजनालाई तीव्रता देउ’

काठमाडौं, ३१ साउन । विकास तथा प्रविधि समितिले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको काममा तीव्रता दिन भौैतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले पूर्वाधार निर्माणको कामलाई अघि बढाउन सम्वद्ध निकायबीच समन्वयनका लागि कार्य क्षेत्र प्रष्ट ढंगले तोकिदिन पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको छ ।

बैठकमा समितिका सदस्यहरुले विकास निर्माणको कामलाई तीव्रता दिन स्थानीय र प्रदेश सरकारसँग आवश्यक समन्वय हुने गरी तत्काल नीति बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । त्यस्तै समिति सदस्यहरुले दण्ड सजायको उचित व्यवस्था नगरी काठमाडौंलगायतका सडक व्यवस्थापनको काम अघि बढाउन नसकिनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।