चिकित्सकको आन्दोलन स्थगित गरेर उपचारमा फर्कन मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चिकित्सकको आन्दोलन स्थगित गरेर उपचारमा फर्कन मन्त्रालयको आग्रह

काठमाडौं, २९ माघ । प्रहरीबाट चिकित्सक कुटिएपछि विरोधमा उत्रिएका चिकित्सकहरुलाई उपचारमा फर्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकलाई सुरक्षाकर्मीले कुटेको विरोधमा आज नेपाल चिकित्सक संघले मुलुकभरका अस्पतालहरुमा दिनभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाको बिरोधमा चिकित्सक संघ आन्दोलित भएको हो ।

संघको शनिवार काठमाडौंमा बसेको बैठकले आईतवार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले शनिबार राति एक विज्ञप्ती जारी गर्दै आन्दोलनले दिर्घ र जटिल बिरामीहरुलाई असर गर्ने भन्दै स्वास्थ्यकर्मीहरु संवेदनसिल भएर आन्दोलनका कार्यक्रम फिर्ता लिई उपचारमा फर्कन आह्वान गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);